तमन्ना भाटिया महाकाल दर्शनमा, भस्म आरतीमा लीन
5 घन्टा पहिले प्रकाशित
एजेन्सी, बैशाख २९ गते । भारतीय अभिनेत्री तमन्ना भाटिया मंगलबार बिहान सबेरै श्री महाकालेश्वर मंदिर पुगेर भस्म आरतीमा सहभागी भएकी छन्। बिहान करिब ३ बजे नै मन्दिर पुगेकी उनले करिब दुई घण्टा आरतीमा बसेर पूजा–अर्चना गरिन्। रातो बनारसी साडीमा सजिएकी उनी आरतीमा पूर्ण रूपमा लीन देखिएकी थिइन्। उनले चाँदी द्वारबाट महाकाललाई जल चढाउनुका साथै नन्दीको पूजा गर्दै कानमा आफ्ना मनोकामना समेत व्यक्त गरेकी थिइन्।
दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाकाल दर्शनको अनुभव अत्यन्तै ऊर्जावान र अविस्मरणीय भएको बताइन्। “जय श्रीमहाकाल, यहाँ आउँदा निकै आनन्द लागेको छ, यस्तो अनुभव शब्दमा बयान गर्न सकिँदैन,” उनले भनिन्। पेशागत रूपमा उनी अब ‘वन: फोर्स अफ द फरेस्ट’, ‘पुरुषन’, ‘वी शांताराम’, ‘बोले चूडियाँ’ र ‘दैट इज महालक्ष्मी’ जस्ता फिल्ममा देखिने तयारीमा रहेकी छन्, जसमध्ये केही फिल्मको छायांकन जारी रहेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments