भेरोसेलको दुवै मात्रा खोप लगाएका खजुराका युवाको कोरोना संक्रमणबाट मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १ गते। भेरोसेलको दुवै मात्रा खोप लगाएका खजुराका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बाँके खजुरा गाउँपालिका( २ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

माघ २७ गते पीसीआर गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो। त्यही दिन भर्ना गरिएको आइतबार बिहान भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?