धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदै

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १ गते। धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ ।भारतको जयनगर हुँदै जनकपुरधाम(कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । झन्डै १० दिनसम्म रेल कुदाइने उनले बताए ।

१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको उनले बताए । ‘रेलको प्राविधिक स्थिति बुझ्न दैनिक रेल गुडाउन लागेका छौं’ झाले भने, ‘कुनै प्राविधिक समस्या देखिए सुधार गर्‍छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?