धुरन्धर २’को बक्स अफिसमा धमाका—१५०० करोड क्लबमा चौथो स्थान
5 घन्टा पहिले प्रकाशित
एजेन्सी, २० वैशाख गते। बलिउड फिल्म धुरन्धरः द रिभेन्ज (‘धुरन्धर २’) ले विश्वव्यापी बक्स अफिसमा १५०० करोड भारूभन्दा बढी कमाइ गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। रणवीर सिंह अभिनीत यस फिल्मले छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बलियो उपस्थिति जनाएको हो। जियो स्टुडिओका अनुसार भारतमा फिल्मको ग्रस कमाइ ११३४ करोड भारू पुगेको छ भने विदेशबाट ३६७ करोड कमाउँदै कुल विश्वव्यापी आम्दानी १५०१ करोड भारू नाघेको छ।
यससँगै ‘धुरन्धर २’ १५०० करोड क्लबमा प्रवेश गर्ने चौथो भारतीय फिल्म बनेको छ भने बलिउडतर्फ दंगलपछि यो उपलब्धि हासिल गर्ने दोस्रो फिल्म हो। विश्वव्यापी कमाइका हिसाबले भने दंगल (२०७० करोड), बाहुबली २ (१७८८ करोड) र पुष्पा २ (१७४२ करोड) अझै अगाडि छन्। आदित्य धरद्वारा निर्देशित यस फिल्मले नेपालमा पनि १२ करोड नेरूभन्दा बढी कमाइ गरेको छ, जसले यसको क्षेत्रीय लोकप्रियता समेत पुष्टि गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments