१०-१० हजार रुपैयाँ दिएका छन् भने चोरी किन नगरौं! यस्ता MBBS हुने डाक्टरहरूबाट भगवानले बचाउन्!

6 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख १८ गते । पटना साइन्स कलेजमा सञ्चालन भइरहेको एमबीबीएस अन्तिम वर्षको परीक्षामा व्यापक रूपमा नकल भएको आरोपपछि कलेज प्रशासनले परीक्षा सञ्चालन गर्न अस्वीकार गरेको छ। आर्यभट्ट ज्ञान विश्वविद्यालयअन्तर्गत सञ्चालित उक्त परीक्षामा पीएमसीएच, एनएमसीएच र पावापुरी मेडिकल कलेजका विद्यार्थी सहभागी थिए। परीक्षा हलमा कडाइका साथ जाँच सुरु गरिएपछि विद्यार्थीहरूले हंगामा गर्दै जबर्जस्ती प्रवेश गरेका थिए। नकल रोक्न खोज्दा विद्यार्थीहरूले दुर्व्यवहार गर्दै “परीक्षा केन्द्र म्यानेज छ, पैसा तिरेका छौँ” भन्ने तर्कसमेत अघि सारेका थिए।

कलेजकी प्राचार्य प्रोफेसर अलकाका अनुसार यस्तो अव्यवस्थित परीक्षा आफूले पहिलोपटक देखेको बताउँदै सुरक्षाकर्मी र निरीक्षकहरू असुरक्षित महसुस गरेपछि परीक्षा नै रोक्ने निर्णय लिइएको हो। घटनापछि सबै निरीक्षक र परीक्षक केन्द्र छाडेका छन् भने विश्वविद्यालयले अबको परीक्षा रद्द गर्ने वा निरन्तरता दिने विषयमा निर्णय गर्ने जनाएको छ। यस घटनाले मेडिकल शिक्षाको विश्वसनीयता र परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?