नयाँ सरकारको दबाबपछि त्रिवि शीर्ष पदाधिकारीको राजीनामा
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख १७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले बिहीबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई सम्बोधन गर्दै छुट्टाछुट्टै राजीनामापत्र पठाएका हुन्। नयाँ सरकारलाई काम गर्न सहज बनाउन मार्गप्रशस्त गरेको उनीहरूको तर्क रहेको छ।
उपकुलपति अर्याल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने रेक्टर केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको समयमा नियुक्त भएका थिए। त्रिवि पदाधिकारीको कार्यकाल चार वर्ष हुने व्यवस्था भए पनि रास्वपाले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने नीति अघि बढाएपछि र सरकारले अध्यादेश ल्याउने तयारी गरेसँगै उनीहरूले राजीनामा दिने निर्णय गरेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments