नेहा धूपियाले विवाहअघि गर्भावस्थालाई ‘आशीर्वाद’ बताइन्

6 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख १६ गते । नेहा धूपियाले विवाहअघि भएको आफ्नो गर्भावस्थाबारे खुलेर बोल्दै यसलाई ‘भगवानको आशीर्वाद’ बताएकी छन्। अंगद बेदीसँगको प्रेमकथाबारे चर्चा गर्दै उनले गर्भावस्थाकै कारण आफूले विवाहका लागि ‘हो’ भनेको खुलासा गरिन्। सन् २०१८ मा अचानक विवाहको घोषणा गरेर चर्चामा आएकी धूपियाले विवाहको पाँच महिनापछि छोरी मेहरलाई जन्म दिएकी थिइन्, जसले त्यतिबेला चलेका हल्लालाई पुष्टि गरेको थियो।

भारती सिंह र हर्ष लिंबाचियाको पोडकास्टमा बोल्दै धूपियाले आफू करियरमा केन्द्रित रहेकाले सम्बन्धलाई प्राथमिकता दिन ढिलो भएको बताइन्। बेदीले भने आफू वर्षौंसम्म धूपियालाई मन पराउँदै पछ्याइरहेको सुनाए। दुवैले अचानक भएको गर्भावस्थाले सम्बन्धलाई नयाँ मोड दिएको र त्यसैले विवाहको निर्णय लिएको बताए। अहिले यो जोडी दुई सन्तानका अभिभावक हुन् र उनीहरूको सम्बन्धलाई दर्शकहरूले सकारात्मक रूपमा लिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?