आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १४ गते ।  कक्षा १२ को परीक्षा आजदेखि देशभर सुरु हुँदैछ। यस वर्ष ४ लाख १८ हजार ८ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सञ्चालन हुने छ। बोर्डले सबै परीक्षार्थीलाई परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?