शाहरुख खानको ‘किङ’ रिलिजअघि नै २५० करोडको वितरण सम्झौता

3 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख ९ गते । बलिउड सुपरस्टार शाहरुख खानको आगामी फिल्म किङ ले रिलिज हुनुअघि नै ठूलो व्यापारिक सफलता हासिल गरेको छ। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मको भारतमा थिएटर वितरण अधिकार पेन मरुधर कम्पनीले २५० करोड भारूमा खरिद गरेको छ। यो सम्झौता यस वर्षको सबैभन्दा ठूलो थिएटर डिलमध्ये एक मानिएको छ।

करिब ४ सय करोड भारूको बजेटमा निर्माण भइरहेको किङ लाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। फिल्ममा शाहरुख खानसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अरशद वारसीलगायतको स्टार कास्ट रहेको छ। फिल्मलाई २४ डिसेम्बर २०२६ मा भव्य रूपमा रिलिज गर्ने तयारी गरिएको छ। रिलिजअघि नै भएको उच्च मूल्यको वितरण सम्झौता र बजेटले किङ लाई व्यापारिक रूपमा अत्यन्तै ठूलो अपेक्षाको केन्द्र बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?