आलिया भट्ट र सद्गुरुको ‘नींद’ माथिको रोचक संवाद : ८–९ घण्टा सुत्ने आलियालाई सद्गुरुको प्रश्न – “फेरि तपाईं जिउनुहुन्छ कहिले?

15 घन्टा पहिले प्रकाशित

एजेन्सी,बैशाख १ गते ।  अभिनेत्री **आलिया भट्ट** र आध्यात्मिक गुरु **सद्गुरु जग्गी वासुदेव** बीच चेन्नईमा भएको कुराकानीमा ‘नींद र जीवन’ बारे एउटा गहिरो र विचारणीय संवाद भएको छ ।

आलियाले आफू दैनिक ८ देखि ९ घण्टा सुत्ने बताएपछि सद्गुरु अचम्ममा परे । उनले सोधे, “यो त दिनको चौथाइ हिस्सा हो । फेरि तपाईं जिउनुहुन्छ कहिले?” सद्गुरुले आफ्नो दिनचर्या सुनाउँदै भने, “म मात्र ४–५ घण्टा सुत्छु । कम सुत्नुको अर्थ हो – जीवन जिउनका लागि थप समय र ठाउँ बनाउनु ।”

आलियाले भने, “मलाई सुत्न निकै मन पर्छ । ८ घण्टा सुतिसकेपछि पनि कहिलेकाहीं थप आराम गर्न मन लाग्छ र यसमा मजा पनि आउँछ ।”

सद्गुरुले जवाफ दिँदै भने, “वास्तवमा कोही पनि नींदसँग प्रेम गर्दैन, किनकि गहिरो निद्रामा त आफ्नो अस्तित्वको पनि अनुभव हुँदैन । हामी जसको मजा लिन्छौं, त्यो हो – नींदबाट मिल्ने आराम । मानिसहरू दिनभर आफूलाई तनावमा राख्छन् र त्यही तनाव कम गर्नका लागि नींद खोज्छन् ।”

**राहाको बारेमा पनि सल्लाह**
कुराकानीका क्रममा छोरी **राहा** को चर्चा हुँदा सद्गुरुले आलियालाई सुझाव दिए, “बच्चालाई सिकाउने प्रयास मात्र नगर्नुहोस् । कहिलेकाहीं उनीहरूबाट सिक्नुहोस् । बच्चा जीवनको निकट हुन्छन् । उनीहरूसँग बसेर हेर्नुहोस्, सुन्नुहोस् र बुझ्नुहोस् – जीवन कसरी जिउने हो ।”

यो संवाद सद्गुरुको युट्युब च्यानलमा उपलब्ध छ । आलिया भट्ट हाल फिल्म ‘अल्फा’ र ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त छिन् ।

यो छोटो संवादले व्यस्त जीवनमा ‘नींद र आराम’ को सही सन्तुलनबारे नयाँ सोच दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?