आशा भोसलेको चर्चित गाना ‘दम मारो दम’ माथि प्रतिबन्ध : विवादपछि कल्ट क्लासिक बन्यो

10 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र २९ गते ।  भारतीय सिनेमालाई १२ हजारभन्दा बढी गीत उपहार दिएकी **आशा भोसले** ले बोल्ड र वेस्टर्न संस्कृतिबाट प्रेरित धेरै गीत गाएर आफ्नो अलग पहिचान बनाइन् । तर उनको सबैभन्दा ठूलो सुपरहिट गीतमध्ये एकलाई रिलिज भएलगत्तै प्रतिबन्ध लगाइएको थियो । देव आनन्दको सन् १९७१ को फिल्म **‘हरे रामा हरे कृष्णा’** मा आरडी बर्मनको संगीत र आशा भोसलेको स्वरमा रहेको गाना **‘दम मारो दम’** रिलिज हुँदा तहल्का मच्चाएको थियो ।

यो गानामा जीनत अमानलाई हिप्पी संस्कृति र नशाको अवस्थामा देखाइएको भन्दै नशीले पदार्थको प्रयोगलाई बढावा दिएको आरोप लागेको थियो । त्यसपछि गानालाई रेडियो र टेलिभिजनमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि विवादका बाबजुद ‘दम मारो दम’ आज पनि बोलिउडको कल्ट क्लासिक गानाको रूपमा लोकप्रिय छ । आशा भोसलेले आफ्नो लामो करियरमा हिंदीसहित २० भन्दा बढी भाषामा गीत गाएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?