दिग्गज बलिउड गायिका आशा भोसलेको निधन

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र २९ गते ।  बलिउडकी सदाबहार तथा दिग्गज गायिका **आशा भोसले** को ९२ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरेको बताइएको छ ।

शनिबार, ११ अप्रिलको राति अस्पताल भर्ना गरिएकी उनलाई हृदयघात भएको खबर आएको थियो । तर उनकी नातिनी जनाई भोसलेले इन्स्टाग्राममा थकान र छातीको संक्रमण भएको बताएकी थिइन् । पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनको निधन भएको हो । उनका छोरा **आनन्द भोसले** ले निधनको पुष्टि गरेका छन् ।

आशा भोसलेले आफ्नो लामो करियरमा **१२ हजारभन्दा बढी** गीत गाएकी थिइन् । “दम मारो दम”, “पिया तू अब तो आजा”, “चुरा लिया है तुमने” जस्ता उनका गीतहरू अहिले पनि लोकप्रिय छन् । उनी लता मंगेशकरकी कान्छी बहिनी हुन् र नेपाली गीतहरूमा पनि उनको योगदान स्मरणीय छ — ‘झरी बनी आएछ सावन’, ‘यो हाम्रो माया’ लगायतका गीतमा स्वर दिएकी थिइन् ।

उनको निधनले भारतीय संगीत जगतमा ठूलो क्षति पुगेको छ । उनको आत्मालाई शान्ति मिलोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?