अनन्त अम्बानीको जन्मदिन भव्य रूपमा मनाइयो, बलिउड स्टारहरूको शुभकामना वर्षा
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र २७ गते । भारतीय उद्योगपति मुकेश अम्बानी का छोरा अनन्त अम्बानी ले अप्रिल १० मा आफ्नो ३१औँ जन्मदिन जामनगरमा भव्य रूपमा मनाएका छन्। यस अवसरमा बलिउडका चर्चित कलाकारहरू सलमान खान, शाहरुख खान, रणवीर सिंह र संजय दत्त लगायतले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।
सलमान खानले अनन्तलाई “सानो भाइ” भन्दै भावनात्मक सन्देश दिएका छन् भने शाहरुख खानले सकारात्मकता र राम्रो काम जारी राख्न शुभकामना व्यक्त गरेका छन्। यस्तै रणवीर सिंह र संजय दत्तले पनि तस्बिर साझेदारी गर्दै शुभेच्छा प्रकट गरेका छन्। भव्य समारोहमा बलिउडका विभिन्न चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments