सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा : इन्धन अभावका कारण मन्त्रिपरिषद्को निर्णय

9 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र २२ गते ।  आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले इन्धन अभावलाई ध्यानमा राख्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएअनुसार यो व्यवस्था चैत २३ गते सोमबारदेखि लागू हुनेछ।

उनका अनुसार शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्। बैठकले आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने र डिजिटल नेपालका लागि विश्व बैंकबाट प्राप्त ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। इन्धन अभावका कारण सार्वजनिक विदा दिने यो व्यवस्थाले सरकारी खर्च घटाउने र इन्धन खपत नियन्त्रण गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?