मिस वर्ल्डको ७५औँ संस्करण भियतनाममा : अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म, नेपालबाट लुना लुइँटेल सहभागी

8 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र १७ गते । विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को ७५औँ वार्षिकोत्सव संस्करण यस वर्ष भियतनाममा आयोजना हुने भएको छ। प्रतियोगिता अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। आधिकारिक जानकारीअनुसार प्रतियोगिताको सुरुवात अगस्ट ९ मा राजधानी हानोईमा सहभागीहरूको आगमनसँगै हुनेछ भने अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ५ मा हो ची मिन्ह सहरमा आयोजना गरिनेछ।

यस ऐतिहासिक संस्करणको घोषणा मार्च २९ मा सम्पन्न मिस वर्ल्ड भियतनामको फाइनल कार्यक्रममा गरिएको हो। कार्यक्रममा मिस वर्ल्ड संगठनकी अध्यक्ष तथा सीईओ जुलिया मोर्ले र स्थानीय आयोजक तथा सह-निर्माता ‘सेन भाङ’का प्रतिनिधिहरू सहभागी थिए। सन् १९५१ मा एरिक मोर्लेले स्थापना गरेको मिस वर्ल्डको पहिलो संस्करण लन्डनमा आयोजना गरिएको थियो। यस वर्ष संगठनले ‘ब्युटी विथ अ पर्पस’ अवधारणासहित आफ्नो ७५ वर्षको यात्रा मनाउँदै ७३औँ संस्करण प्रस्तुत गर्न लागेको हो। नेपालबाट मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले सहभागिता जनाउँदैछन्। लुना केही महिनादेखि यसको तयारीमा जुटेकी छन्। लुना यतिबेला शारिरिक र मानसिक प्रशिक्षणदेखि ब्युटी विथ पर्पस परियोजनामा व्यस्त छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?