मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिए

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ २३ गते । मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका छन् ।

उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् ।

उनलाई आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।उनी राज्यमन्त्री बनेका यादव रौतहटका हुन्।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्।

यो संगै अब मधेश सरकारको मन्त्री मण्डल १४ सदस्य भएको छ ।मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?