जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ २१ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।गएरातिदेखि वर्षा र असिनाका कारण मौसम प्रतिकूल भएकाले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनमत पार्टीले जनाएको छ ।

मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व(पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आएको थियो । पार्टीका कार्यकर्ताले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राख्दै राजमार्ग ठप्प पार्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?