सलमान खानको ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन : अब ‘मातृभूमि: मे वार रेस्ट इन पिस’

10 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र ३ गते । बलिउड अभिनेता सलमान खानको अत्यधिक प्रतीक्षित युद्ध ड्रामा चलचित्र ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरिएको छ। निर्माण पक्षले चलचित्रको नाम फेरेर अब ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ राखेको छ। निर्देशक अपूर्व लाखियाले यो निर्णय हचुवामा नभई लामो छलफलपछि लिइएको स्पष्ट पारेका छन्।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले नयाँ नामले चलचित्रको बृहत्तर भावना र सन्देशलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्ने बताए। सन् २०२० मा गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच भएको भिडन्तबाट प्रेरित यो चलचित्रले भारतीय सैनिकहरूको वीरता र राष्ट्रप्रेमलाई मुख्य विषय बनाएको छ। ‘मातृभूमि’ शीर्षकले बलिदान र देशभक्तिको भावनालाई गहिरो रूपमा प्रस्तुत गर्ने विश्वास निर्माण टोलीको छ। हालै सलमान खानले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गरेका छन्, जसमा उनी घाइते अवस्थामा पनि दृढतापूर्वक शत्रुको सामना गरिरहेको देखिन्छन्। यस चलचित्रमा सलमानको जोडीमा पहिलो पटक अभिनेत्री चित्राङ्गदा सिंह देखिँदैछिन्। प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?