गोविंदा र निरहुआ एकसाथ देखिएपछि फ्यानहरू उत्साहित : 'अब भोजपुरीमै फिल्म गरौंला राजा बाबू'
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र ३ गते । गोविंदा र भोजपुरी सुपरस्टार निरहुआ (दिनेश लाल यादव) एकसाथ देखिएपछि सोसल मिडियामा निकै चर्चा भएको छ। निरहुआले इन्स्टाग्राममा गोविंदासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, 'आदरणीय बड़े भैया, हम सबके सबसे चहेते सुपरस्टार गोविंदा जी का आशीर्वाद और सानिध्य प्राप्त हुआ, हर हर महादेव।' तस्वीरमा दुवै मुस्कुराउँदै देखिएका छन्। फ्यानहरूले यो पोस्टलाई निकै मन पराएका छन्।
पोस्टमा फ्यानहरूले कमेन्ट गर्दै लेखेका छन्, 'दोनों राजा बाबू एकसाथ', 'इनके साथ अब भोजपुरी में ही मूवी करिएगा राजा बाबू', 'दो सुपरस्टार एक फ्रेम में' जस्ता प्रतिक्रिया आएका छन्। गोविंदा ९० को दशकमा 'राजा बाबू', 'कुली नम्बर १', 'हीरो नम्बर १', 'पार्टनर' जस्ता हिट फिल्महरूबाट चर्चित छन् भने निरहुआ भोजपुरीका ठूला स्टार हुन्, जसको जोडी आम्रपाली दुबेसँग निकै हिट छ। भोजपुरी कलाकारहरू पवन सिंह, मनोज तिवारी जस्तै निरहुआ पनि बॉलीवुडमा आफ्नो पहिचान बनाउँदै छन्। गोविंदा हालै प्रतापगढको स्कूल कार्यक्रममा डान्स गर्दा आलोचना भए पनि फ्यानहरूले निरहुआसँगको यो भेटलाई निकै रमाइलो मानेका छन्।
कमेन्ट गर्नुहोस्
view comments