बाराबाट एक वडा सचिव ३५ सय रुपैयाँ घुससहित पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ २० गते ।
३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् ।
बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्
view comments