बाराबाट झण्डै तीन लाख नक्कली नेपाली रुपैयाँसहित एक युवक पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ १९ गते । सशस्त्र प्रहरीले बाराबाट झण्डै तीन लाख नक्कली नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ७ पिपरियाका किशोरी साह रहेका छन् ।
ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई बाराको सिम्रौनगढ नगरपालिका २ नइकाटोला बजारदेखि हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनको साथबाट एक हजारको २९६ वटा अर्थात २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख ९डिआइजी० गणेश ठाडा मगरले जानकारी दिए ।
यस्तै उनको साथबाट १२ हजार १४५ रुपैयाँ सक्कली समेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको डिआइजी मगरले बताए ।
कमेन्ट गर्नुहोस्
view comments