मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना बनाउन जग्गा खोजी
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ १९ गते । नाम र प्रदेशको राजधानी टुंगो लागेपछि मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना बनाउन जग्गा खोजी गरेको छ ।
प्रदेशको प्रशासनिक भवन, मुख्यमन्त्री र मन्त्रीहरुको निवास, प्रदेश सभा सचिवालय निर्माणका लागि जग्गा खोजी गर्न अध्ययन समिति गठन गरिएको अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
समितिले राजधानी तोकिएको ठाउँहरुमा गएर जग्गाको बारेमा अध्ययन गर्नेछ । उत्तरमा धनुषाको ढल्केबर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमासहित जनकपुरधाम राजधानी तोकिएको छ ।
मन्त्री साहले तोकिएको ठाउँभित्रै जग्गा खोजेर स्थायी संरचना निर्माण गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
view comments