भोजपुरी फिल्म ‘बाबू जी’ को ट्रेलर रिलिज : बुजुर्ग आमाबाबुप्रति संवेदनशीलताको मार्मिक कथा
16 घन्टा पहिले प्रकाशित
एजेन्सी, माघ २७ गते । भोजपुरी सिनेमाका चर्चित निर्माता रत्नाकर कुमार र निर्देशक पराग पाटिलको आगामी फिल्म ‘बाबू जी’ को ट्रेलर आज विश्वव्यापी रूपमा रिलिज भएको छ। ३ मिनेट ४६ सेकेन्ड लामो यो ट्रेलर ‘वर्ल्ड वाइड रेकर्ड्स भोजपुरी’ युट्युब च्यानलमा रिलिज भएसँगै सोसल मिडियामा तेजीले भाइरल भइरहेको छ। ट्रेलरमा बुजुर्ग आमाबाबुलाई आफ्नै छोराछोरीले घरबाट निकालिदिने र सडकमा भट्काउने बाध्य पार्ने दर्दनाक कथा प्रस्तुत गरिएको छ। माताको मृत्यु भएपछि पिताले आफ्नै सन्तानविरुद्ध कोर्टमा न्यायको लडाइँ लड्नुपर्ने घटनाक्रमले दर्शकको मन छुन्छ। यो कथा अमिताभ बच्चनको ‘बागबान’ सँग मिल्दोजुल्दो भए पनि ‘बाबू जी’ को प्रस्तुति र भावनात्मक गहिराइ अझ बढी प्रभावशाली रहेको दर्शकहरूको प्रतिक्रिया छ।
फिल्ममा महानायक अवधेश मिश्रले पिताको भूमिकामा दमदार अभिनय गरेका छन् भने ऋचा दीक्षितले पनि बलियो प्रस्तुति दिएकी छन्। अन्य कलाकारहरूमा अनिता रावत, देव सिंह, दीपिका सिंह, अमरीश सिंह, निशा गुप्ता, राकेश त्रिपाठी र बंधु खन्ना छन्। निर्माता रत्नाकर कुमारले भने, “यो फिल्म केवल मनोरञ्जनका लागि होइन, यो हरेक परिवारलाई बुजुर्ग आमाबाबुप्रति संवेदनशील बन्ने सन्देश हो।” निर्देशक पराग पाटिलले ट्रेलरलाई मिलेको माया र उत्साहबाट यस्ता सच्चा र भावनात्मक कथालाई दर्शकले मन पराउने प्रमाण मिलेको बताएका छन्। फिल्मले समाजमा बढ्दो संवेदनहीनता र रिश्तोको महत्वबारे गहिरो सोच्न बाध्य पार्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments