धनुषसँग डेटिङ अफवाहबीच मृणाल ठाकुरको ‘प्रेम’बारे स्पष्ट धारणा
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, माघ २० गते । दक्षिण भारतीय स्टार मृणाल ठाकुरले प्रेमलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन्। अभिनेता धनुषसँग उनको नाम जोडिँदै डेटिङ र विवाहसम्मका अफवाह फैलिरहेका बेला मृणालले प्रेमलाई “एक सुन्दर अनुभूति”को रूपमा व्याख्या गरेकी हुन्। हालै आफ्नो नयाँ म्युजिक भिडियो ‘भीगी भीगी’ को प्रचारका क्रममा ‘फिल्मी ज्ञान’सँगको अन्तर्वार्तामा उनले पृथ्वीका हरेक व्यक्तिले प्रेमको अनुभव गर्न पाउनुपर्ने बताइन्। प्रेमले मानिसलाई अझ राम्रो बनाउने, आत्मिक रूपमा परिपक्व गराउने र भित्री बाल्यकालका पीडाहरू समाधान गर्न मद्दत गर्ने उनको भनाइ छ।
मृणालका अनुसार समयसँगै प्रेमको परिभाषा बदलिँदै गएको छ र प्रेममा सबैभन्दा महत्वपूर्ण कुरा त्यसलाई स्वीकार गर्नु हो। कहिलेकाहीँ प्रेम पाउनु र स्वीकार गर्नु नै सबैभन्दा गाह्रो हुने उनले उल्लेख गरिन्। यता धनुषसँगको विवाहको चर्चाबारे भने उनका नजिकका स्रोतले अफवाह मात्र भएको दाबी गरेका छन्। धनुष र मृणाल केवल असल साथी मात्र भएको र धनुषको पुनः विवाह गर्ने कुनै योजना नरहेको बताइएको छ। यद्यपि, मृणालको प्रेमबारे खुलेर व्यक्त विचारले सामाजिक सञ्जाल र मनोरञ्जन जगतमा थप चर्चा बढाएको छ।
कमेन्ट गर्नुहोस्
view comments