स्वाति मालीवालले संसदमा उठाइन् ब्रान्डेड औषधिमा ६००–१०००% मुनाफा, जेनेरिक दवामा ८०–९०% सस्तो विकल्प

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, माघ २० गते । राज्यसभा सांसद स्वाति मालीवालले मंगलबार संसदमा भनेकी छिन् कि केही निजी फार्मा कम्पनीहरूले ब्रान्डेड औषधिमा ६०० देखि १००० प्रतिशतसम्म मुनाफा कमाइरहेका छन्। यो कुनै आरोप नभई संसदको समितिको रिपोर्टमा उल्लेखित तथ्य भएको उनले बताइन्। उनले भनिन्, “जहाँ उही औषधि जेनेरिक रूपमा ८०–९० प्रतिशत सस्तोमा उपलब्ध हुन्छ, त्यहाँ ब्रान्डको नाममा मात्र आम नागरिकबाट धेरै गुणा बढी मूल्य असुलिँदै छ। बिरामीसँग मोलमोलाई गर्ने विकल्प हुँदैन।”

स्वाति मालीवालले थपिन्, “बिरामी व्यक्ति कुनै पनि हालतमा औषधि चाहन्छ, र यही मजबुरीको फाइदा उठाइँदै छ। स्वास्थ्य कुनै व्यापार होइन, यो अधिकार हो। गरीब तथा मध्यम वर्गको गाढी कमाइ फार्मा कम्पनीहरूको मोटो मुनाफामा जानु हुँदैन।” यसअघि सोमबार उनले निजी अस्पतालहरूमा महँगो उपचारको मुद्दा उठाउँदै सरकारी अस्पतालमा सुविधा बढाउन माग गरेकी थिइन्। शून्यकालमा बोल्दै उनले भनिन् कि निजी अस्पतालको इमर्जेन्सीमा गएपछि बिरामीको धेरै कुरा समाप्त हुन्छ।

निजी अस्पतालहरूमा पहिले 'मेडिक्लेम' छ कि छैन भनेर सोधिने र बीमा भएको थाहा पाउने बित्तिकै मनमानी सुरु हुने उनको भनाइ छ। डायग्नोस्टिक टेस्ट बढाइचढाइ लेखिने, जेनेरिकको सट्टा महँगा ब्रान्डेड औषधि प्रेस्क्राइब गरिने र बीमा कम्पनीहरूले सानातिना कारणले दाबी खारेज गर्ने गरेको उनले उल्लेख गरिन्। 'क्लिनिकल इस्टेब्लिसमेन्ट एक्ट' मात्र १२ राज्यमा लागू भएको र दिल्ली सरकारले पनि यसलाई कार्यान्वयन नगरेको उनको गुनासो छ। उनले सरकारी अस्पतालमा सुविधा बढाएर आम नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न सरकारलाई आग्रह गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?