'सिकन्दर' फिल्मको फ्लपमा रश्मिका मन्दानाको खुलासा : स्क्रिप्ट जस्तो थिएन, बनिन्

4 दिन पहिले प्रकाशित

एजेन्सी, माघ ५ गते ।  सन् २०२५ मा रिलिज भएको सलमान खानको फिल्म 'सिकन्दर' फ्लप भएपछि यसको चर्चा अझै जारी छ। फिल्ममा साउथ अभिनेत्री रश्मिका मन्दाना पनि मुख्य भूमिकामा थिइन्। दक्षिण भारतीय निर्देशक एआर मुरुगदासले निर्देशन गरेको यो फिल्म करिब २०० करोड बजेटमा बनेको थियो तर बक्स अफिसमा राम्रो गर्न सकेन।

अब रश्मिका मन्दानाले फिल्मबारे आफ्नो मौन तोडेकी छन्। तेलुगु पत्रकार प्रेमासँग कुरा गर्दै उनले भनेकी छन्,
'सिकन्दरको स्क्रिप्ट सुन्दा निकै फरक र उत्कृष्ट लागेको थियो। मुरुगदास सरसँग भएको कुराकानी याद छ। तर पछि जे बन्यो, त्यो निकै फरक भयो। फिल्म बनिसकेपछि धेरै कुरा बदलिन्छन्। यो सामान्य कुरा हो।'

उनले फिल्म निर्माणको प्रक्रियामा स्क्रिप्ट, अभिनय, सम्पादन र रिलिज समयअनुसार धेरै परिवर्तन हुने बताइन्।

रश्मिकाको यो पुरानो अन्तर्वार्ता फेरि भाइरल भएपछि दर्शकहरूले कमेन्टमा आक्रोश व्यक्त गरेका छन्। कतिपयले भने,
'केमिस्ट्री नै थिएन।'
'भाइको एक्टिङ सुस्त थियो, उदासीन देखिन्थे।'
'बाप–बेटी जस्तो देखिन्थे।'
'लग जा गलेको रिमेक पनि घटिया थियो।'
'फिल्म सुरुदेखि नै बर्बाद थियो।'

२०० करोड बजेटको फिल्मले विश्वभर १८५ करोड मात्र कमायो। फिल्ममा सत्यराज, काजल अग्रवाल, प्रतीक बब्बर र शरमन जोशी पनि थिए।

फिल्म फ्लप भएपछि निर्देशक मुरुगदासले भनेका थिए, 'कहानी इमोशनल थियो तर सही तरिकाले प्रस्तुत गर्न सकिएन। हिंदी भाषामा फिल्म बनाउन चुनौती थियो। सुपरस्टारसँग काम गर्दा स्क्रिप्ट फ्यान र उनको स्टाइलअनुसार परिवर्तन गर्नुपर्छ। सलमान सेटमा ढिलो आउँथे।'

'बिग बोस' मा सलमानले मुरुगदासको आरोपको जवाफ दिँदै भनेका थिए,
'सिकन्दर राम्रो प्लट थियो। पछुतो छैन। पसली टुटेको थियो त्यसैले ढिलो हुन्थ्यो। मुरुगदासको अर्को फिल्म Madharaasi मा एक्टर साँझ ६ बजे आउँथे तर त्यो ब्लकबस्टर भयो।'

यो फिल्मको फ्लपले सलमानको करियरमा पनि प्रश्न उठाएको छ। रश्मिकाको यो खुलासाले फिल्मको निर्माण प्रक्रियामा भएको असन्तुष्टिलाई उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?