पवन सिंहको गीतमा सम्भावना सेठको धमाकेदार नृत्य, ४५ वर्षको उमेरमै मलाइका अरोडासँग तुलना

2 दिन पहिले प्रकाशित

एजेन्सी, पुष २९ गते । प्रसिद्ध डान्सर, अभिनेत्री तथा इन्फ्लुएन्सर सम्भावना सेठ पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा निकै चर्चामा छन्। उनले भोजपुरी स्टार पवन सिंहको गीत ‘राजा जी के दिलवा’ मा गरेको १४ सेकेन्डको नृत्य भिडियोले इन्टरनेटमा तहल्का मच्चाएको छ। उनको ऊर्जा, एक्सप्रेसन र लचकदार चालले दर्शकहरूको मन जितेको छ।

४५ वर्षको उमेरमा पनि सम्भावनाको फिटनेस र ग्रेस देखेर धेरैजना चकित छन्। कमेन्टहरूमा फ्यानहरूले उनको खुलेर प्रशंसा गरेका छन्। कतिपयले “यो उमेरमा पनि यति कमालको नाच!” भनेका छन् भने केहीले त उनलाई मलाइका अरोडासँग तुलना समेत गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “४५ वर्षकी हुन् भनेर कसले पत्याउँछ?”

सम्भावना सेठको लोकप्रियतामा युट्युबको ठूलो भूमिका छ। पति अविनाश द्विवेदीको साथमा व्लगमार्फत उनले आफ्नै छुट्टै पहिचान बनाएकी छन् र लाखौँ फलोअर्स जोड्न सफल भएकी छन्। पछिल्लो समय उनी विभिन्न रमाइला गीतहरूमा रील्स बनाएर लगातार ट्रेन्डमा रहँदै आएकी छन्।

यद्यपि, व्यक्तिगत जीवनमा भने उनले हालै ठूलो पीडा पनि भोग्नुपरेको छ। सम्भावना र अविनाशले व्लगमार्फत धेरै प्रयास र आईभीएफ उपचारपछि गर्भधारण भए पनि गर्भपात भएको जानकारी दिएका थिए। यति कठिन अवस्थाबीच पनि सम्भावनाको आत्मबल र सकारात्मक सोच उनका प्रशंसकहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?