चुनाव हारपछि फिल्मी दुनियाँमै फर्किए खेसारी, तेजस्वीबारे खुलाए धारणा

22 घन्टा पहिले प्रकाशित

एजेन्सी, पुष २४ गते ।छपरा निर्वाचन क्षेत्रबाट चुनाव हारेपछि भोजपुरी अभिनेता खेसारी लाल यादव फेरि आफ्नो फिल्मी करिअरमै फर्किएका छन्। दिल्लीमा गरीबहरूलाई कम्बल वितरण गर्ने क्रममा एक निजी समाचार च्यानलसँग कुराकानी गर्दै उनले राजनीति र राजद नेता तेजस्वी यादवबारे खुलेर विचार व्यक्त गरेका छन्। तेजस्वी यादव सार्वजनिक कार्यक्रममा नदेखिएको विषयमा सोधिएको प्रश्नमा खेसारी हाँस्दै राजनीति सबैको साझा भएको बताए।

तेजस्वी यादवसँग चुनावपछि सम्पर्क नरहेको बताउँदै खेसारीले आफू राजनीतिज्ञ बन्ने व्यक्ति नभएको स्पष्ट पारे। राजनीति क्षेत्रमा सत्य बोल्न गाह्रो हुने उल्लेख गर्दै उनले तेजस्वी यादव पारिवारिक व्यक्ति भएको र परिवारसँग समय बिताउनुपर्ने स्वाभाविक भएको धारणा राखे। विदेश भ्रमणमार्फत उनले त्यहाँको दृष्टिकोण र अनुभव बिहारको विकासमा उपयोग गर्न सक्ने विश्वास खेसारीले व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?