१६० किलो गाँजा बरामद

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ १४ गते।सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो ।

स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?