बिपाशा बसुको ४७औँ जन्मदिन : सांवली सुन्दरीदेखि फिटनेस आइकनसम्मको प्रेरणादायी यात्रा
2 दिन पहिले प्रकाशित
एजेन्सी,पुष २३ गते । बलिउडकी 'डस्की ब्यूटी' बिपाशा बसु आज ७ जनवरी २०२६ मा ४७ वर्षकी भइन्। 'राज', 'जिस्म', 'नो इन्ट्री' जस्ता फिल्महरूबाट रातारात स्टार बनेकी बिपाशाले आफ्नो सांवली छालालाई कमजोरी होइन, ताकत बनाइन्। बचपनदेखि रिश्तेदारहरूबाट सांवली भएको ताना सुन्नुपरे पनि विदेश (न्यूयोर्क, पेरिस) मा उनको छालालाई 'एग्जोटिक' मानियो। भारत फर्किएपछि फेरि पुरानै कुरा भए पनि उनले फेयरनेस ब्रान्डका लोभलाग्दा अफरहरू ठुकराइदिइन्। 'गोरा हुनु नै सुन्दरता होइन, पर्सनालिटी महत्वपूर्ण छ' भन्ने उनको विचारले लाखौँलाई प्रेरित गरेको छ।
१६ वर्षको उमेरमा सुपरमॉडल अफ द वर्ल्ड जितेर मॉडलिङमा प्रवेश गरेकी बिपाशाले २००१ मा 'अजनबी' बाट डेब्यू गरिन् र बेस्ट डेब्यू अवार्ड जितिन्। 'राज' ले उनलाई सुपरस्टार बनायो भने 'जिस्म', 'धूम २', 'रेस' जस्ता फिल्महरूले बोल्ड इमेज दियो। हॉरर, थ्रिलर, कमेडी सबै जेनरमा सफल उनले फिटनेस आइकनको रूप पनि कमाइन्।
व्यक्तिगत जीवनमा डिनो मोरिया, जॉन अब्राहम, हरमन बवेजा, राणा दग्गुबाती र सैफ अली खानजस्ता नामसँग अफेयरको चर्चा भयो। २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरेकी बिपाशाले २०२२ मा छोरी देवीलाई जन्म दिइन्। देवीको जन्मजात हार्ट समस्या थियो जसको सफल अपरेसन भयो। आज परिवारसँग माल्दिभ्समा बर्थडे मनाइरहेकी बिपाशालाई जन्मदिनको हार्दिक शुभकामना !
कमेन्ट गर्नुहोस्
view comments