'३६ को आँकडा' नयाँ वर्षको अवसरमा प्रदर्शन हुने

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, पुष १६ गते । अभिनेत्री तथा निर्मात्री रेखा थापाको निर्माणमा तयार भएको फिल्म '३६ को आँकडा' आगामी चैत २७ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। सविर श्रेष्ठको निर्देशनमा बनेको यो फिल्मले नयाँ वर्ष २०८३ को छेको पारेर दर्शकमाझ आउन लागेको हो। फिल्ममा रेखा थापा, पूजा शर्मा, निरुता सिंह, महेश त्रिपाठी र पुष्प खड्कालगायतका कलाकारहरू मुख्य भूमिकामा छन्। विशेष गरी निरुता सिंह वर्षौंपछि ठूलो पर्दामा कमब्याक गर्दैछिन्, जसले दर्शकहरूको उत्साह थप बढाएको छ।

रेखा र पुजाको '३६ को आँकडा' फस्टलुक पोस्टर सार्वजनिक | Celebrity Nepal
३६ को आँकडा पोस्टरमा रेखा र पुजा
 
यसअघि सार्वजनिक फस्टलुक पोस्टरमा रेखा थापा प्रहरी अधिकारीको भूमिकामा देखिएकी छिन् भने पूजा शर्मालाई हतकडी लगाएको दृश्यले दर्शकको ध्यान खिचेको छ। पोस्टरले फिल्ममा एक्सन र ड्रामाको मजबुत संयोजन हुने संकेत गरेको छ। रेखा र पूजाको जोडी यसअघि 'उपहार' मा सफल भएको थियो भने निरुतासँग रेखाको 'दुई पल' पछिको यो सहकार्य हो। निर्माता थापाका अनुसार फिल्मले दर्शकलाई फरक स्वाद दिनेछ।
 रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्दैछ। स्टारकास्ट र पोस्टरको चर्चासँगै फिल्मप्रति दर्शकको अपेक्षा उच्च रहेको छ। चैत २७ को रिलिजले नेपाली चलचित्र बजारमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?