जनकपुरधाममा जनप्रतिनिधि सवार गाडीमा तोडफोड
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ १२ गते। जनकपुरधाममा जनप्रतिनिधि सवार गाडीमा तोडफोड भएको छ ।सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा सीके राउत नेतृत्वका जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार प्रदेश २–०३–००१ झ ००२० नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् । सोही क्रममा प्रमुख प्रसाईलाई चोट पटक लागेको छ ।
राष्ट्रियसभाको मधेस प्रदेशमा २ पदका लागि आज मतदान हुँदैछ । सोहीका लागि मतदान गर्न आएका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड भएको छ ।
प्रहरीले जनमतका केही कार्यकर्ताहरुलाई नियन्त्रणमा समेत लिएका छन् भने दर्जनौँ राउण्ड अश्रुग्यासँ प्रहार गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments