सीतामढीको विद्यालय विवाद : प्रधानाध्यापक र शिक्षिका निलम्बनमा

2 दिन पहिले प्रकाशित

एजेन्सी, पुष ४ गते ।  जिल्लाको डुमरा प्रखण्डस्थित पोखर टोल, बरियारपुरको मिडिल स्कुलमा प्रधानाध्यापक र एक महिला शिक्षिकाबीच भएको विवादले ठूलो चर्चा पाएको छ । विद्यालय परिसरमै भएको झगडा, कुटपिट र असहज गतिविधिको भिडियो भाइरल भएपछि विद्यार्थीको पठन–पाठन प्रभावित हुनुका साथै विद्यालयको छवि समेत बिग्रिएको छ । प्रधानाध्यापक अहाना गुप्ता र शिक्षिका पुनीता कुमारीबीच उत्पन्न विवादका कारण वातावरण बिग्रिएको भन्दै जिल्ला शिक्षा पदाधिकारी (डीईओ) राघवेन्द्र मणि त्रिपाठीले दुवै जनालाई निलम्बन गरेका छन् ।

डीईओ कार्यालयका अनुसार १३ डिसेम्बरमा भएको घटनाको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा भाइरल गराइएको, माथिल्लो निकायलाई जानकारी नदिइएको तथा विद्यालयको मर्यादा र शैक्षिक वातावरणमा नकारात्मक असर परेको निष्कर्ष निकालिएको छ । छानबिनका क्रममा शिक्षिकाद्वारा प्रधानाध्यापकसँग कुटपिट भएको, अमर्यादित भाषा प्रयोग गरिएको र विद्यालयको शान्ति–सुरक्षामा असर पुगेको आरोप प्रथम दृष्टया पुष्टि भएपछि दुवैलाई निलम्बन गरिएको हो । निलम्बन अवधिमा उनीहरूको हाजिरी डुमरा बीईओ कार्यालयमा तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?