२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, मधेश प्रदेशको ६१ लाख २६ हजार
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ १२ गते । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।
यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
कुन प्रदेशमा कति ?
सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१,
मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८,
बागमतीमा ६० लाख ८४ हजार ०४२,
गण्डकीमा २४ लाख ७९ हजार ७४५,
लुम्बिनीमा ५१ लाख २४ हजार २२५,
कर्णालीमा १६ लाख ९४ हजार ८८९
सुदूरपश्चिममा २७ लाख ११ हजार २७०
यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८९६।९ प्रतिशत०, पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८९५३।६६ प्रतिशत० रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments