रथले किचिएर बारामा एक किशोरीसहित दुईजनाको मृत्यु, १२ जना घाइते
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ ११ गते । बेहुला(बेहुली बोक्ने रथले किचिएर बारामा एक किशोरीसहित दुईजनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् ।
ज्यान जानेमा बाराको आदर्शकोतवाल गाउँपालिका(३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम छन् ।
रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।
स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन् ।
घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय
बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
view comments