लागुऔषध गाँजासहित सर्लाहीबाट श्रीमान्–श्रीमती पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ ९ गते । प्रहरीले सर्लाहीबाट श्रीमान्–श्रीमतीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।
जिल्लाको हरिवन नगरपापालिका वडा नं। ८ पुरानो बजारस्थित भित्री सडकखण्डमा बा६८प ४९७२ नम्बरको मोटरसाइकलबाट दुवै जनालाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
प्रहरीले बागमती नगरपालिका वडा नं। १२ का ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनको श्रीमती ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई पाँच किलो गाँजा सहित पक्राउ गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments