होटल व्यवसायीहरुले सांसदहरुलाई जनकपुरधाममा विशेष छुट
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ ४ गते । होटल व्यवसायीहरुले सांसदहरुलाई जनकपुरधाममा विशेष छुट दिने भएका छन्। प्रदेश २ को स्थायी राजधानी र नामका लागि भएको छलफलको क्रममा सांसदहरुले जनकपुरधाम महँगो भएको टिप्पणी गरेका थिए।
सोमबार जनकपुरधाम उद्योग वाणिज्य संघ, होटल एशोसिएन नेपाल र होटल व्यवसायी तथा पर्यटन संघ धनुषाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै सांसदहरुले बोलेजस्तो जनकपुरधाम महँगो नभएको दावी गरे।
प्रदेशको स्थायी राजधानी भइसकेको जनकपुरधाममा होटलहरूमा सांसदहरुलाई लजिङमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने होटल एशोसिएन नेपाल प्रदेश २ का अध्यक्ष विजय झुनझुनवालाले बताए।
होटल सिताशरण, वेलकम, मानकी, सिटी पार्क, राजदरबार, रामजानकी, अन्नपूर्णा, सिता प्यालेश, वृन्दाव, शुभम्, राजघराना, आन्नद, सिटी स्टार, रामा तथा पर्फेक्ट होटलमा छुट दिइने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments