कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने
22 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते गर्ने निर्णय गरेको छ । यसअघि भदौ २८ र २९ मा हुने भनिएको परीक्षा देशको वर्तमान परिस्थितिका कारण स्थगित भएको थियो । नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ । एक विषयमा मात्र पूरक परीक्षा दिने परीक्षार्थीले सोही दिन परीक्षा दिनुपर्नेछ भने दुई विषय दिनेहरूले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ ।
त्यसैगरी, असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले रोजेको अर्को विषय, जसको कोड नम्बर ठूलो हुन्छ, सो विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा केन्द्रहरूको सूची बोर्डले यसअघि नै सार्वजनिक गरिसकेको छ र परीक्षा व्यवस्थापनका सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments