नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

4 वर्ष पहिले प्रकाशित

२०७८ पुष २८ गते। सहमति नजुटेपछि नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ।मंगलबार वीरगन्जमा उद्घाटन समारोह भएपछि नेतृत्व चयनका लागि बन्द सत्रमा प्रवेश गरिएको थियो । बन्दसत्रमा नेतृत्व चयनमा सर्वसहमति हुन सकेन ।

त्यसपछि अध्यक्ष मण्डलले सूचना टाँसेर अर्को सुचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरेको एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।

दासका अनुसार अध्यक्ष मण्डलको बैठक बसेर जिल्ला अध्यक्षमा सर्वसम्मत सहमति जुटाउने प्रयास गरिएको थियो। तर अध्यक्ष मण्डलको बैठकमा जिल्ला अध्यक्षका बारेमा सहमति नजुटेपछि चुनावी प्रकृयामा जान माग गरिएको थियो ।

एमाले पर्साको अध्यक्षका लागि पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जय प्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेताहरु विश्वम्भर शर्मा र नवराज शर्मा गरि ६ जना आकांक्षी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?