शिक्षा मन्त्रालयको निर्देशन : कार्यालय समयमा शिक्षक–कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

14 घन्टा पहिले प्रकाशित

काठमाडौँ, भदौ ३१ गते ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जालमार्फत टिकटक वा अन्य मनोरञ्जनात्मक भिडियो बनाउन र पोष्ट गर्न निषेध गरेको छ। मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा आएका गुनासो र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले तोकिएको पोशाकमै सामाजिक सञ्जाल प्रयोग गरी विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्ने खालका सामग्री सार्वजनिक भइरहेको भन्दै विद्यालय प्रशासनलाई कडाइका साथ नियन्त्रण र अनुगमन गर्न आग्रह गरेको छ। यस सम्बन्धमा शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठीमिलाई आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न औपचारिक पत्रमार्फत निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?