स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित रौतहटबाट एकजना भारतीय नागरिक पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७८ पुष २६ गते। स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित रौतहटबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्वीचम्पारण तिलहरा ७ बस्ने ३९ वर्षीय संजय कुमार जयसवाल रहेका छन् ।भारतबाट बी.आर ०५ ए.जी.८०५६ नम्बरको अपाचे मोटरसाइकलमा नेपाल प्रवेश गरिरहेका बेला सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आइतबार अपराहन्न पौने ४ बजेको समयमा रौतहटको परोहा नगरपालिका १ स्थितबाट जयसवाललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रदेश २ प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

उनका अनुसार चेकजाँच गर्ने क्रममा जयसवाललले मोटरसाइकलको सिट मुनि र शरीरको विभिन्न भागमा लुकाइ राखेको १४ लाख ५० हजार स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको छ ।पक्राउ परेका जयसवालमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?