जाडो तथा शीतलहरका कारण प्रदेश २ मा दुईजनाको मृत्युु

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, पुस २२ गते ।

केही दिनदेखि बढेको जाडो तथा शीतलहरका कारण प्रदेश २ मा दुईजनाको मृत्युु भएको छ । धनुषा र सप्तरीमा जाडोमा कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन् ।

जाडो बढेपनी स्थानीय तहहरुले त्यसकालागी खासै तयारी गरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?