केही दिनदेखि जाडो बढेपछि धनुषाको तीन स्थानीय तहले विद्यालय बन्द
4 वर्ष पहिले प्रकाशित
२०७८ पुष २० गते।केही दिनदेखि जाडो बढेपछि धनुषाको तीन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र लक्ष्मिनीयाँ गाउँपालिकाले आ–आफ्नो स्थानीय तहमा रहेको विद्यालयमा विदा दिने निर्णय गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार घिमिरेले एक सूचना जारी गर्दै पालिकामा सञ्चालन रहेको सम्पूर्ण विद्यालयलाई मंगलबार देखि शनिवारसम्मका लागि विद्यालयमाहरुमा विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
त्यस्तै नगराइन नगरपालिकामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । नगराईन नगरपालिकाले अत्यधिक बढेको जाडोका कारण पठनपाठनमा पर्न गएको अप्ठेरोलाई दृष्टिगत गर्दै ५ दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
लक्ष्मीनियाँ गाउँपालिकाले जाडो बढेको भन्दै अनिश्चितकालका लागि विद्यालयहरु बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत हरीशंकर यादवले एक सूचना जारी गर्दै मंगलबार देखि अर्को सूचना जारी नहुनजेल सम्मका लागि विद्यालयहरुमा पठन पाठन बन्द गरेको जनाएका छन् ।केही दिन देखि मौसम परिवर्तन भएपछि चिसोको कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments