गेहुँको बीउ र मल नपाएको झोँकमा धनुषाको कमला नगरपालिकामा तालाबन्दी
4 वर्ष पहिले प्रकाशित
जनकपुरधाम, पुस १५ गते। मल र गेहुँको बीउ नपाएको भन्दै धनुषाको कमला नगरपालिकामा तालाबन्दी गरिएको छ । मलको व्यवस्था गर्नुपर्ने माग गर्दै बिहीबार स्थानीय किसानहरूले नगरपालिकाको मूल ढोकामा ताला लगाएका हुन् ।
किसानले नगरपालिकाबाट सहज रूपमा मल र बीउ नपाएको झोँकमा नगरपालिकामा तालाबन्दी गर्नुपरेको आन्दोलनरत किसान बताउँछन् । डा. सीके राउतको किसान आन्दोलनबाट प्रभावित भएर आफूहरूले कमला नगरपालिकामा तालाबन्दी गरेको बताइएको छ ।
किसानले तालाबन्दी गर्ने क्रममा नगरपालिकामा पुगेका नटवरलाल भनिने स्थानीय नेता जुक्तिराम यादव झण्डै कुटिएका छन् ।केही वृद्धवृद्धालाई ल्याएर केही दिनअघि भाषण गरी फर्केका जुक्तिराम नगर प्रमुख राम उदगार गोइत काम विशेषले कार्यालय बाहिर हुँदा तालाबन्दी गर्न नगरपालिका आएका थिए । तर, त्यतिबेला किसानसमेत तालाबन्दी गर्न आएको र उनले लाउडस्पिकरमा भाषण गर्न थालेपछि माहौल तातिएको थियो ।
नगर प्रमुख गोइतले पार्टीको विशेष बैठकका कारण करिब एक महिनादेखि बाहिर रहेको दाबी गरे । उनले आफू काम विशेषले बाहिर रहेको र आइतबार कार्यालय पुग्ने बताए ।
यसअघि उपभोक्ता समितिले विकास निर्माणको काम गर्दा राखिएको धरौटी फिर्ताको माग गर्दै बुधबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments