मधेसमा विशिष्ट मिर्गौला उपचार केन्द्र स्थापना हुने, नारायणी अस्पतालमा नयाँ सेवा सुरु

16 दिन पहिले प्रकाशित

काठमाडौं, असार ३० गते ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्ट सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने घोषणा गरेका छन्। नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षणका लागि म्यामोग्राम उपकरण र निःसन्तान उपचारका लागि 'आईयुआई युनिट' सेवा विस्तारको शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेसमा मिर्गौला रोगीको संख्या अत्यधिक रहेकाले त्यहाँ विशेष उपचार केन्द्र आवश्यक रहेको स्पष्ट पारे।

उनले वर्तमानमा १३ हजारभन्दा धेरै मिर्गौला रोगीको डाइलाइसिस सेवा सरकारले प्रदान गरिरहेको जानकारी दिए। साथै, नारायणी अस्पतालमा छिट्टै 'क्याथल्याब' सेवा सञ्चालन गरिने पनि मन्त्री पौडेलले बताए, जसले हृदयसम्बन्धी समस्याको आधुनिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?