एसइई नतिजा आज साँझ ६ बजेसम्म सार्वजनिक हुने

4 दिन पहिले प्रकाशित

काठमाडौं,असार १३ गते ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्। देशभरका पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी रहेको एसइई परीक्षा चैतमा सञ्चालन गरिएको थियो, जसका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको थियो।

नतिजा आज बेलुकीदेखि वेबसाइट र मोबाइल सेवामार्फत हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट, नेपाल टेलिकम (NTC) को सेवा, एसएमएस र विभिन्न शैक्षिक पोर्टलहरूबाट नतिजा प्राप्त गर्न सकिने बताइएको छ। परीक्षार्थीले आफ्नो सिट नम्बर प्रयोग गरी मोबाइल वा अनलाइनमार्फत सजिलै नतिजा हेर्न सक्नेछन्। 

 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?