नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न देउवा र निधिबीच छलफल

4 वर्ष पहिले प्रकाशित

काठमाडौं, पुस ४ गते ।

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि बिच छलफल भएको छ ।

यही पुस ६ गते हुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा देउवासँग भेटेर निधिले छलफल गरेका हुन् ।निधिले नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता समेत रहेका रामसरोज यादवलाई सभापतिमा समर्थन गर्नका लागि आग्रह गरेका थिए ।

सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई आफूले समर्थन गर्ने निर्णय गर्दा प्रदेश नं २ को संसदीय दलका नेता रामसरोज यादव पनि सँगै रहेको स्मरण गराउँदै निधिले यादव सिनियर नेता पनि भएकोले समर्थन गर्नुपर्ने तर्क अघि सारेका थिए ।

प्रदेश नं २ का सभापतिका निधिका तर्फबाट यादवले उम्मेदवारी घोषणा गरेका थिए भने देउवाको तर्फबाट कृष्ण यावदले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सभापति देउवाले यस विषयमा कृष्ण यादवसँग कुराकानी गर्ने बताएको निधिले जानकारी दिएका छन्।प्रदेश नं २ मा यही पुस ६ गते उम्मेदवारको मनोनयन दर्ता र पुस ७ गते चुनाव हुने कार्यक्रम तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?