भारतमा कोरोना संक्रमणको डर: मृतक संख्या समेत बढ्दै, हेर्नुहोस् कुन राज्यमा कति संक्रमित

7 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २५ गते । भारतमा कोरोना भाइरसको गति फेरि डर लाग्दो रूपमा बढ्न थालेको छ। संक्रमित मात्र होइन, मृत्युका घटनाहरूमा पनि बृद्धि देखिएको छ, जसले चिन्ता थपेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७५५ पुगेको छ। पछिल्ला २४ घण्टामा ३९१ नयाँ सक्रिय केस थपिएका छन्।

केरल सबैभन्दा बढी प्रभावित राज्य बनेको छ, जहाँ १९१५ सक्रिय संक्रमित छन्। त्यसपछि दिल्लीमा ८९२, महाराष्ट्रमा ६८१, गुजरात, तमिलनाडु र पश्चिम बङ्गालमा ३०० भन्दा बढी केस छन्। हिमाचल प्रदेश र त्रिपुरामा भने शनिबारसम्म नयाँ केस रिपोर्ट गरिएको छैन। बढ्दो संक्रमणको दरसँगै मृत्युदर पनि क्रमशः बढिरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्, र आम नागरिकलाई सतर्क रहन सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?