एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण
3 वर्ष पहिले प्रकाशित
२०७८ मंसिर २८ गते
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत बताएका छन् ।
उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments