कांग्रेसको १४ औं महाधिवेशनमासभापति पदका लागि दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेदेखि सुरु

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २८ गते ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमासभापति पदका लागि दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ ।पहिलो चरणमा उम्मेदवारहरुले ५० प्रतिशतभन्दा बढी मत कसैले ल्याउन नसकेपछि दोश्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेदेखि साँझ साढे ७ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि २४९ र र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ २० मत पाएका थिए ।

सिंह, निधि र गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । सिंह र निधिले दोश्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।

सिंहले र निधिले औपचारिक रुपमै देउवालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् ।यो संगै अब लगभग देउवा पुनः पार्टी सभापतिमा निर्वाचित हुने निश्चित नै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?